
२३ माघ, काठमाडौं । नेकपा ओली समूहले नारायणहिटी अगाडि गरेको वृहत आमसभाका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विभिन्न जिल्लाबाट नेता, कार्यकर्तालाई ल्याएर प्रदर्शन गरिएका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको हो ।
महानगरीय ट्राफिक महाशाखा, रामशाहपथका अनुसार कार्यक्रम अवधिभरका लागि रिङरोडभित्र सार्वजनिक यातायातलाई प्रवेशमा रोक लगाइएको छ । मोटरसाइकललाई भने चल्न दिइएको छ । जय नेपाल, महेन्द्र शालिक र केशर महल क्षेत्रमा पूर्णतः सवारीसाधन निषेध गरिएको ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराईले बताए ।
पुतलीसडक, नक्साल लगायतका क्षेत्रमा भने अहिले सवारी आवागमन सामान्य हुँदै गएको ट्राफिक प्रहरीले जनाएको छ । अवरोध भएका ठाउँमा वैकल्पिक मार्गबाट सवारीसाधनहरुलाई डाइभर्सन गराइएको प्रहरीले जनाएको छ ।
आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्दैछन् ।
प्रतिक्रिया 4