Comments Add Comment

श्री एयरलाइन्सले पायो काठमाडौं–सुर्खेत उडानका लागि अनुमति

२३ माघ, सुर्खेत । निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौं–सुर्खेत उडानका लागि अनुमति पाएको छ ।

नागरिक उड्डयन प्राधिकरण (क्यान) को अनुमतिपछि श्रीले यसै साता टर्बोप्रोप ‘क्यू ४००’ जहाजमार्फत परीक्षण उडान गर्ने जनाएको छ ।

क्यानबाट परीक्षण उडान अनुमति पाइसकेकाले आउँदो शनिबारसम्म परीक्षण उडान गरिने कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।

करिब चार वर्ष अघिबाट व्यावसायिक उडान सुरु गरेको श्री एअरले सीआरजे २०० र सीआरजे ७०० जेट इञ्जिनका साथै दुईवटा क्यू ४०० सिरिजका प्रोपेलर जहाजबाट हवाई सेवा दिँदै आएको छ ।

श्री एअरले अनुमति पाएपछि कर्णालीबासीले सुर्खेत–काठमाडौं उडानमा सस्तो मूल्यदरमा हवाईयात्रा गर्न पाउने विश्वास लिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment