Comments Add Comment

सभामुखले दायर गरेको रिट न्यायाधीश ढुंगानाको इजलासमा

२५ माघ, काठमाडौं । संवैधानिक आयोग भएका नियुक्ति बदर गर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

रिटमाथिको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा हुँदैछ । तर सुनुवाइ सुरु भइसकेको छैन ।

सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका थिए ।

संवैधानिक आयोगहरुमा पाँच जना प्रमुखसहित ३२ जनालाई संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी नियुक्त गरिएको थियो । त्यसअघि सभामुख सापकोटाले नियुक्ति सिफारिस प्रक्रिया नमिलेको र संसद विघटन भएकाले सुनुवाइ पनि हुन नसक्ने भन्दै सिफारिस फिर्ता पठाइदिएका थिए । त्यसको दुई दिनपछि राष्ट्रपति भण्डारीले संवैधानिक अंगहरुमा नियुक्त गरेपछि सभामुख सापकोटाले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

यसअघि २०७२ साल कात्तिक १८ मा न्याय परिषद् सदस्यमा रामप्रसाद श्रेष्ठ र २०७२ सालमा निर्वाचन आयोगको प्रमुख आयुक्तमा अयोधीप्रसाद यादवको नियुक्ति सिफारिस संसदीय सुनुवाइ नहुँदा संसदले परिषदमै फिर्ता पठाइदिएको थियो । यही नजिरलाई समेत उल्लेख गर्दै सभामुख सापकोटाले नियुक्ति बदरको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment