Comments Add Comment

खुल्ला ब्याडमिन्टनको उपाधि पोखराका विशाल र विधानलाई 

२५ माघ, बुटवल । बुटवलमा सम्पन्न राष्ट्रियस्तरको खुल्ला तथा भेट्रान्स पुरुष डबल व्याडमिन्टन प्रतियोगिताको उपाधि पोखराका विशाल खड्का र विधान अधिकारीको जोडीले जितेका छन् ।

लाफा समूह बुटवलको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा बुटवलका विश्वास नेपाल र गणेश रायमाझीको जोडीलाई २–१ को सेटमा पराजित गर्दै खड्का र अधिकारीले उपाधि जितेका हुन् ।

खुल्लातर्फ पोखराका विशाल बस्नेत र प्रनिश सिंह ठकुरी जोडी तथा लाफा समूहका सुशील गिरी र विवेक न्यौपानेको जोडी तेस्रो भए । प्रथम हुनेले ५५ हजार ५ सय ५५, दोस्रोले ४१ हजार ५ सय ५५ रुपैयाँ तथा तेस्रोले ३१ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाएका छन् ।

भेट्रान्सतर्फ पाल्पाका बसन्त बज्राचार्य र महेश बज्राचार्यको जोडीले उपाधि हात पारे । गुल्मीका नवराज श्रेष्ठ र कृष्ण रानाको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उनीहरुले उपाधि जितेका हुन् । भेट्रान्सतर्फ बुटवलका गोपाल टण्डन र अर्जुन बहादुर कार्कि तथा शंकरनगरका पुरन गाहा र सुरज गुरुङ तेस्रो भए । उनीहरुले क्रमशः २५ हजार ५ सय ५५, १५ हजार ५ सय ५५ र १० हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्र पाए ।

प्रतियोगितामा गुल्मीका मनोज फौदार उदियमान खेलाडी, दाङका हिमान्शु कँवर उत्कृष्ट खेलाडी, बागलुङ बुर्तिवाङका जेनिस शेरचन अनुसाशित खेलाडी घोषित हुँदै पुरस्कृत भए ।

विजयी खेलाडी र टिमलाई लाफा समूहका अध्यक्ष तारा रेश्मीमगर, बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, क्लबका संरक्षक बासुदेव लामिछाने लगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा खुलातर्फ ५८ र भेट्रान्स तर्फ २८ बढी टिमले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment