Comments Add Comment

माडीवासीलाई प्रधानमन्त्रीले देखाए राम र सीताको मूर्ति

२५ माघ, काठमाडौं । विभिन्न माग लिएर बालुवाटार पुगेका माडीवासीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राम–सीताको नयाँ मूर्ति देखाएका छन् । आफ्नै पहलमा मूर्ति बनाएका प्रधानमन्त्रीले अब छिट्टै माडीमा मूर्तिको अनावरण गर्ने बताए ।

गत असार २९ गते भानु जयन्तीको दिन भगवान् श्रीराम नेपालको माडी क्षेत्रमा जन्मिएको भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री ओलीले माडीमा राममन्दिर निर्माण गर्न स्थानीय सरकारलाई आग्रह गरेका थिए ।

आइतबार माडीबासीले बाँदरझुलामा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आवतजावत गर्न समस्या भएको, निकुञ्ज क्षेत्रमा रहेका चेपाङ समुदायको अव्यवस्थित बसोबास समस्या समाधान गर्न प्रधानमन्त्रीलाई आग्रह गष्रे ।

प्रधानमन्त्री ओलीले भने अहिलेसम्म विभिन्न कारणले सरकारले काम गर्न नसकेको भन्दै अब सबै समस्याको समाधान हुने बताए । प्रतिनिधिमण्डललाई प्रधानमन्त्रीले प्रस्तावित राममन्दिरमा राख्ने राम र सीताको नयाँ मूर्ति देखाएको भेटमा सहभागी माडी नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यूले अहिलेसम्म विभिन्न कारणले सोचेजस्तो काम गर्न नसकेको अब ती व्यवधान हटेकोले सबै माग पूरा गर्ने बताउनुभएको छ’ सुवेदीले भने, ‘राम मन्दिरको डीपीआर र नक्सांकन तयार पार्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिइसकेकोले छिट्टै यसको काम सुरु हुनेमा आश्वासन दिनुभएको छ ।’

माडीवासीले प्रधानमन्त्री ओलीसमक्ष यसअघि पनि सुनाउँदै आएको समस्यालाई पुनरावृत्ति मात्रै गरेको सुवेदीले जानकारी दिए । उनका अनुसार माडी क्षेत्रमा टुङ्ग्याउन बाँकी रहेको वन तथा भूमि व्यवस्थापन टुंगोमा पु¥याउन, वन मन्त्रालयको मातहत रहेको निकुञ्जको बाटो २४ घण्टा खुलाउन, जंगल क्षेत्रको सडक कालोपत्रे गर्नुपर्ने माग पनि माडीबासीको छ ।

प्रधानमन्त्री ओलीले वन र भूमिसुधार सम्बन्धी समस्या समाधानको लागि केही दिनमा नै वन मन्त्री र भूमिसुधार मन्त्रीलाई स्थलगत भ्रमणमा पठाउने आश्वासय दिएका छन् । उनले यो समस्या पहिलेदेखि रहेको भन्दै धेरै लम्ब्याउने पक्षमा आफू रहेको पनि बताए ।

उनले राम र सीताको मूर्ति देखाउँदै लक्ष्मण र हनुमानको पनि मूर्ति बनाएर माडीमा अनावरण गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment