Comments Add Comment

जसपाद्वारा रुपन्देहीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

२५ माघ,बुटवल । जनता समाजवादी पार्टीले रुपन्देहीका १६ वटै स्थानीय तहमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

प्रतिनिधि सभा विघटन र संवैधानिक आयोगहरुमा गरिएको नियुक्तिलाई असंवैधानिक र प्रतिगामी भन्दै आन्दोलनरत जसपाले तेस्रो चरणको आन्दोलन अन्तर्गत आइतबार प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।

जसपा रुपन्देही इन्चार्ज देबेन्द्र पाण्डेका अनुसार पालिकास्तरीय कमिटीको आयोजनामा सांझ ५ बजेपछि १६ वटै स्थानीय तहमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ ।

पुत्ला दहन कार्यक्रममा पार्टीका नेतासंगै स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधि समेतको उपस्थिति रहेको उनले बताए ।

रोहिणी गाउँपालिकाको धकधईमा आयोजित पुत्ला दहन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य समेत रहेका पाण्डेले प्रतिनिधि सभा विघटनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएको र मुलुक अस्थिरताको अंध्यारो सुरुङमा धकेलिएकाले संविधान बचाउन सबै विपक्षी दलहरु संयुक्त आन्दोलनमा जानुपर्ने बताए ।

प्रधानमन्त्रीको प्रतिगामी कदमविरुद्ध सडक संघर्ष नै उपर्युक्त विकल्प भएको भन्दै संयुक्त आन्दोलन शुरु भए एक हप्तामा संसद पुनःस्थापना हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment