Comments Add Comment

महिला लिगमा पुलिसको लगातार दोस्रो हार, वालिङसंग १-० ले पराजित

२५ माघ, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातर दोस्रो हार बेहोरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा पुलिस स्याङ्जाको वालिङ नगरपालिकासँग १-० गोल अन्तरले पराजित भएको हो । यसअघि पुलिस विराटनगर महानगपालिकासंग १-० ले ने पराजित भएको थियो ।

पुलिसलाई स्तब्ध पार्न वालिङका लागि विदेशी खेलाडी मेथो रुथले निर्णायक गोल गरिन् । उनले ५८ औं मिनेटमा गोल गरेकी थिइन् ।

जितपछि ७ खेलबाट ११ अंक जोड्दै वालिङ अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ । लिगमा तेस्रो हार बेहोरेको पुलिस भने ७ खेलबाट ८ अंकसहित पाँचौ स्थानमा छ ।

पुलिस यसअघि एपीएफसंग र विराटनगरसंग पराजित भएको थियो । पहिलो चरणमा पुलिसले वालिङसंग १-१ को बराबरी खेलेको थियो ।

आइतबारै भएको पहिलो खेलमा चन्द्रपुर नगरपालिकाले विराटनगर महानगरपालिकालाई १-० ले पराजित गरेको छ । चन्द्रपुरका लागि रजनी थोकरले ७० औं मिनेटमा निर्णायक गोल गरिन् ।

यस जितपछि चन्द्रपुरले पहिलो चरणमा बेहोरेको ५-० को हारको बदला समेत लिएको छ । पराजित विराटनगर ७ खेलबाट १० अंकसहित चौथो स्थानमा छ । लिगमा दोस्रो जित हात पारेको चन्द्रपुर ७ खेलबाट ६ अंकसहित छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment