+
+

ग्लोबल आइएमई बैंक र सिद्धार्थ हस्पिटालिटीबीच समझदारी

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २६ गते १७:३९

ग्लोबल आइएमई बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धन प्रमुख शान्ता शिवाकोटी र सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटीका बिक्रि तथा बजार व्यवस्थापन निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरे ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम् डेबिट/क्रेडिट/पि्रभिलेज कार्ड बाहक ग्राहकवर्गले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा उपलब्ध आवास तथा खाना/पेय पदार्थमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?