Comments Add Comment

मितेरी पुल पुनर्निर्माण सकियो, २० दिनपछि खुल्यो तातोपानी नाका

२७ माघ, काठमाडौं । सीमाको पुल मर्मतकालागि बन्द गरिएको नेपाल चीन व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा आएको छ । बाढीले क्षति पुर्‍याएको मितेरी पुल मर्मत गर्न चिनियाँ पक्षले माघ ८ गतेदेखि उक्त नाका बन्द गरेको थियो ।

बन्द भएको २०औं दिन पछि नाकाबाट दुईदेशीय व्यापार पुनः सुरु भएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले अनलाइनखबरलाई बताए ।

‘तोकिएको मितिमा चिनियाँहरुले पुलको मर्मत सकेको र आजबाट दुईदेश बीचको ब्यापार पुनः सुचारु भएको छ,’ भन्सार कार्यालय प्रमुख खत्रीले भने । आज चीनतर्फबाट माल वस्तु बोकेको ६ वटा कन्टेनर नेपालतर्फ आउँदै गरेको पनि खत्रीले बताए ।

चीनतर्फ लोड भएर रहेका थप ४ वटा मालबाहक कन्टेर भने भोली आउने उनको भनाइ छ । बाढीका कारण पुलको एकातर्फको स्परमा क्षति पुगेको र २० दिनसम्म चिनीयाँ प्राविधिकले मर्मत सम्भार गरेको भन्सार कार्यालय तातोपानीले जानाएको छ ।

कोरोना, बाढी पहिरो जस्ता कारणले यो वर्ष दर्जनौंपटक तातोपानी नाका बन्द हुँदा नेपाल चीनबीच हुने व्यापर यस वर्ष प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment