+
+
Shares

हराएका २५ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २७ गते १४:४०

२७ माघ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५  मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

सम्बन्धित मोटरसाइकल धनीले दिएको उजुरीका आधारमा खोजतलास गर्ने क्रममा फेला परेका मोटरसाइकलसम्बन्धित धनीलाई सोमबार हस्तान्तरण गरिएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

सादा पोशाकमा खटिएको प्रहरी टोलीले उपत्यकाका बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तीनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालिमाटी, महाराजगंज, कलंकी लगायतका स्थानबाट उक्त मोटरसाइकल फेला पारेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?