Comments Add Comment

थप १६० जनामा कोरोना संक्रमण पुष्टि

२७ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ४ हजार ३०९ जनाको नमुना परीक्षण गर्दा ६१ जना महिला र ९९ जना पुरुष गरी कुल १६० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७२ हजार २१५ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ६८ हजार ४३१ जना संक्रमणमुक्त भएका छन् भने कुल २०४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १ हजार ७३७ जना सक्रिया संक्रमित रहेका छन् । जसमध्ये ८२४ जना होम आइसोलेसनमा, ६४ जना आईसीयूमा र १५ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment