News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल, भुटान र भारतको सहकार्यमा बनेको फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ को ट्रेलर सार्वजनिक भएको छ ।
- यो फिल्म २३ असोजदेखि नेपाल र भुटानका हलमा प्रदर्शनमा आउने जनाइएको छ ।
- फिल्ममा भुटानको जलविद्युत सुरुङभित्र भएको हताहतीपछि उत्पन्न परिस्थितिलाई देखाइएको छ ।
काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ को ट्रेलर सार्वजनिक भएको छ । आयोजित समारोहमा ट्रेलर प्रदर्शन गरियो ।
यो फिल्म २३ असोज (९ अक्टोबर) देखि नेपाल र भुटानका हलमा प्रदर्शनमा आउने जनाइएको छ । समारोहमा भुटानबाट आएका १६ जना कलाकार पनि सहभागी थिए ।
ट्रेलरमा भुटानको एक जलविद्युत सुरुङभित्र भएको हताहतीको घटनापछि उत्पन्न परिस्थितिलाई प्रस्तुत गरिएको छ । ‘डिजास्टर’ जनरामा निर्माण भएको यो फिल्म भुटानमा घटेका वास्तविक घटनाबाट प्रेरित रहेको निर्माण टिमले जनाएको छ ।

फिल्मलाई कृत्रिम सेटमा मात्र सीमित नराखी कथालाई प्रेरणा दिएको भुटानस्थित वास्तविक सुरुङभित्र समेत महत्वपूर्ण दृश्यको छायांकन गरिएको छ ।
फिल्मलाई डीडी किन्लेले निर्देशन गरेका हुन् । सांगे फिल्म्स र पिक एक्सभीले आफ्नो ब्यानरमा प्रस्तुत गरेका हुन् । निर्मातामा दोर्जी वाङ्चुक नेतृत्वको डोर्जिस प्रोडक्सन, प्रशान्त गुप्ता तथा कृष्ण गुप्ताको नेतृत्वको रेल्टिक पिक्चर्स, भुटान सरकारअन्तर्गतको डिपार्टमेन्ट अफ एमसीआईआइपी, निर्देशक डीडी किन्लेको रोलिङ इमेज पिक्चर्सको सहकार्य छ ।
क्रिएटिभ निर्मातामा प्रदीप खड्का छन् ।
प्रतिक्रिया 4