Comments Add Comment

कालिमाटी तरकारी बजारलाई व्यवस्थित गर्नुपर्छ : कृषिमन्त्री अर्याल

२७ माघ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारलाई व्यवस्थित गर्न जरुरी रहेको बताएकी छिन् । मंगलबार कालिमाटीस्थित तरकारी बजारको अनुगमन गर्दै मनत्री अर्यालले तरकारी बजारको स्टल र सरसफाइको कामलाई व्यवस्थित गर्न निर्देशन दिइन् ।

बजार सुधारको कार्य तालिका र कार्यान्वयनको योजना लिएर मन्त्रालयमा आउन पनि उनले बजार विकास समितिलाई निर्देशन दिइन् ।

‘बजारभित्रको फोहोर र स्टललाई व्यवस्थापन गर्न आवश्यक छ, तत्काल एउटा निश्कर्षमा जान कार्ययोजना लिएर मन्त्रालय आउनुस्’ मन्त्री अर्यालले विकास समितिलाई भनिन् ।

मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताउँदै उनले किसानको पसिनाको उचित मूल्य प्राप्त गर्नुपर्ने वातावरण बजारमार्फत गरिने बताइन् ।

केही कर्मचारीसहित कालीमाटी बजार अनुगमन गर्न पुगेकी मन्त्री अर्यालले तरकारी, माछा, स्टलको भाडा, मूल्य र स्टललगायतका बारेमा जानकारी लिएकी थिइन् । कालीमाटीमा माछा बजार व्यवस्थित नरहेको भन्दै उनले केन्ऽीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र बालाजुमा माछा बजार खोल्न पहल सुरु गर्ने आश्वासन पनि दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment