Comments Add Comment

भारत–अमेरिका इन्डोप्यासिफिक र क्वाडमा गहन सहकार्य गर्न सहमत

२८ माघ, काठमाडौं । अमेरिका र भारत इन्डोप्यासिफिक क्षेत्र र क्वाडमा सहकार्यलाई अझ मजबुत बनाउन सहमत भएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्तामा सो सहमति भएको हो ।

बाइडन र मोदीबीच टेलिफोन वार्ता भएको भोलिपल्ट अमेरिकी विदेशमन्त्री एन्टोनी व्रिलंकिन र भारतीय विदेशमन्त्री एस जयशंकरबीच पनि सोमबार टेलिफोन वार्ता भएको थियो । सो वार्ता इन्डोप्यासेफिक र क्वाडको विषयमा केन्द्रित थियो ।

अमेरिका–भारतबीच विचार र अन्य एजेण्डा मिल्ने अन्य मुलुकहरुसँग पनि सहकार्य गर्ने विषयमा कुराकानी भएको थियो । टेलिफोन कुराकानीबारे भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘दुई नेताको विचमा विभिन्न क्षेत्रीय घटनाक्रम र वृहत भू–राजनीतिक सन्दर्भका विषयमा कुराकानी भएको छ ।’

विज्ञप्तिमा लेखिएको छ, ‘दुवै नेताले समान विचार भएका मुलुकहरुसँग सहकार्य गर्नुपर्ने महत्वमा जोड दिए जसमार्फत विधिमा आधारित अन्तर्राष्ट्रिय प्रणाली र स्वतन्त्र, खुला र समावेशी क्षेत्र सुनिश्चित गर्न सकिन्छ ।’

दुई नेताबीच प्रजातन्त्रप्रति दुवै मुलुकको विचमा रहेको साझा प्रतिवद्धता र रणनीतिबारे कुराकानी भएको थियो ।

भारत र अमेरिकाको विचमा म्यानमारमा भएको प्रजातान्त्रिक ‘कू’ को विषयमा समेत विस्तृतमा कुराकानी भएको छ । म्यानमारको सम्बन्धमा भारतले लिएको नरम अडानप्रति अमेरिकाले असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

अमेरिका, जापान, अष्ट्रेलिया र भारतबीचको गठबन्धन क्वाडलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने विषयमा समेत कुराकानी भएको थियो । क्वाडलाई चीनले आफू विरोधी गठवन्धनको रुपमा लिने गरेको छ ।

पछिल्ला वर्षहरुमा भारत र अमेरिकाको विचमा विभिन्न क्षेत्रमा सहकार्य बढेको छ । केही महिना अगाडि मात्रै भारत र अमेरिकाबीच महत्वपूर्ण वेका सम्झौता भएको थियो । बाइडन कार्यकालमा पनि अमेरिकाको आधारभूत भारत नीतिमा कुनै परिवर्तन नहुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment