Comments Add Comment

शान्तिपूर्ण आवाज नसुनिए भने जनता विद्रोहमा उत्रन्छन् : शर्मा

२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्माले शान्तिपूर्ण आवाज नसुनिए जनता कुनै पनि बेला विद्रोहमा उत्रन सक्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभामा शर्माले भने, ‘यदि जनताको आवाज सुनिँदैन भने आज यहाँ भइरहेको शान्तिपूर्ण आन्दोलन कुन दिन विद्रोहमा उत्रने छ म भन्न सक्दिैन ।’

संघीयता लागू गर्न नदिने र संविधानलाई च्यातत्युत पार्न खोजिएको भन्दै शर्माले जनताको विद्रोहले संघीयता र गणतन्त्र विरोधीहरुलाई समाप्त पार्ने बताए ।

ओलीमा असीमित अधिकार भएका कारण आजको अवस्था आएको भन्दै उनले भने, ‘केपी ओली तयार हुनुको ग्राउण्ड कुन हो ? त्यसको समीक्षा हुनुपर्छ ।’ समीक्षा नगर्ने हो भने फेरि महेन्द्र र केपी ओलीहरु जन्मिन सक्ने शर्माले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment