Comments Add Comment

केपी ओलीले फाँसीवाद लागू गर्दैछन् : नारायणकाजी श्रेष्ठ

२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता एवम् जनसंघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले केपी ओली फाँसिस्ट भएको आरोप लगाएका छन् । तर, संविधानलाई उपहास गर्दै ओली फाँसीवादतिर लागेको उनले बताए ।

तर, नेपाली जनताले फाँसीवाद नसहने बताए । ओलीले लोकतन्त्रको रक्षा गर्ने भनेर ठट्टा गरेको श्रेष्ठले टिप्पणी गरे । ‘यो फाँसीवाद लागू गर्ने नयाँ तरिका हो’, उनले भने । चरणबद्ध भइरहेको जनप्रदर्शनको उद्देश्य प्रतिगामी कदम सच्याउँदै संसद् पुनर्स्थापना गर्नु र संवैधानिक निकायमा भएको असंवैधानिक नियुक्ति सच्याउनु रहेको प्रवक्ता श्रेष्ठले भने ।

‘वर्तमान सरकारले असंवैधानिक ढंगले संसद् भंग गरिएकाले ओली सांसद छैनन् । यो स्वतः काम चलाउ सरकार हो’ उनले भने । अवैधानिक सरकार भएकाले ओलीलाई सरकारमा एक मिनेट पनि बस्ने अधिकार नभएको श्रेष्ठले बताए । ओलीले चुनाव गराउनका लागि नभई संविधान र लोकतन्त्र ध्वस्त पार्न चुनाव घोषणा गरेको उनले बताए ।

ओली समूहबाहेक सवै शक्ति प्रतिगामी कदम विरुद्ध लडिरहेको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment