+
+
Shares

अमेरिकाले लगायो म्यानमारमाथि प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २९ गते ७:२१

२९ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारका सैन्य नेताहरुमाथि प्रतिबन्धको घोषणा गरेका छन् ।

म्यानमारको सैनिक कूको विरोध गर्दै बाइडनले सत्ता छाड्न सैन्य नेतृत्वलाई आग्रह गरे । अन्यथा अमेरिकाले कारबाही गर्ने उनले बताए ।

बाइडनले भनेका छन्, ‘मैले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु, जो कू गर्ने सैन्य नेतृत्वमाथि तुरुन्त प्रतिबन्ध लागू हुन्छ ।’ उनीहरुको व्यापार र नजिकका आफन्त पनि प्रतिबन्धको दायरामा आउने बाइडनको भनाइ छ ।

राष्ट्रपति बाइडनका अनुसार अमेरिकाले म्यानमारविरुद्ध निर्यात नियन्त्रण लागु गर्ने छ र आवश्यक परेमा थप प्रतिबन्ध पनि लागु हुने छ । राष्ट्रपति बाइडनले म्यानमारले अमेरिकामा राखेको एक अर्ब डलरको कोष फ्रिज गरिदिने पनि बताए ।

म्यानमारको सेनाले राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकी लगायतका प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएको छ ।

अमेरिकी राष्ट्रपति बाइडनले हिरासतमा लिइएका सबैलाई रिहा गर्न र सत्ता पनि फिर्ता गर्न म्यानमारको सेनालाई भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?