Comments Add Comment

‘तिमीसँगै हुने मन छ’मा दीपिकासँग मुम्बइका रोहितले रोमान्स गर्ने

निर्देशक दिवाकार भट्टराइले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘तिमीसँगै हुने मन छ’बाट मुम्बइका रोहित सुचान्तीले डेब्यू गर्ने पक्का छ । निर्देशक भट्टराइले रोहितसँग कागजी संझौता भैसकेको पुष्टी गरे । उनले भने–‘चलचित्रमा रोहित हुने पक्का भैसकेको छ । प्राविधिक टिमपनि भारतबाटै आउनेछ ।’

यो चलचित्रमा नायिका दीपिका प्रसाँइले काम गर्दैछिन् । यसअघि चलचित्रमा नायक पल शाह र निराज प्रधानले काम गर्ने मौखिक सहमती भएको थियो । तर, अब चलचित्रमा नायकको रुपमा महावीर जैन कलेज मुम्बइबाट ब्याचलर गरेका रोहितले काम गर्ने पक्का भएको छ । रोहितले ‘तुने प्यार किया, रिश्ता लिखंगे हम नयाँ’ लगायतका आधा दर्जन सिरियलमा पनि काम गरेका छन् । उनले, रियालिटी शो ‘बीग बोस १२’मा पनि भाग लिएका थिए ।

निर्देशक भट्टराइका अनुसार, चलचित्रको छायांकन चैत्रबाट सुरु हुँदैछ । ओम नम शिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रका लागि एक नायक नेपालकै हुने दिवाकरले बताए । पछिल्लो समय नेपाली चलचित्रमा भारतका निर्देशक, प्राविधिक र कलाकारले काम गर्ने क्रम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment