+
+
Shares

गगन थापाले भने- सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २९ गते १३:४०

२९ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्नेमाथि प्रश्न गर्नेहरुलाई सरकारले झ्यालखानामा राखेर तर्साउन खोजेको बताएका छन् ।

सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द नहुने भन्दै उनले सरकारलाई झ्यालखानाको संख्या थप्न सुझाव दिएका छन् । नेकपा (प्रचण्ड–माधव समूह)की नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि थापाले सो टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति ! सरकार झ्यालखानाको संख्या थप, किनकि सत्य को पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन ।’

राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले झाँक्रीलाई आज दिउँसो उनकै घरबाट पक्राउ गरेको छ । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भन्दै जरुरी पक्राउ पूर्जी थमाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?