Comments Add Comment

रामकुमारी झाँक्रीको पक्राउ सर्वसत्तावादी र अधिनायकवादी चरित्र : शेखर कोइराला

२९ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा कोइरालाले सरकार जति रहन्छ, देश त्यति नै अनिश्चितताको भूमरीमा फस्ने पनि ठोकुवा गरेका छन् ।

‘अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध बोलेकै भरमा नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको छ’, कोइरालाले लेखेका छन् ।

कोइरालाले झाँक्री पक्राउको भत्र्सना गर्दै तत्काल रिहाइको माग समेत गरेका छन् । झाँक्रीलाई राज्यविरुद्धको कसुरमा नेपाल प्रहरीको अपराध महाशाखाले शंखमुलस्थित निवासबाटै पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment