Comments Add Comment

टाइगर कप भलिबलमा पुलिसमाथि न्यू डायमण्डको जित

२९ माघ, काठमाडौं । पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ नेपाल पुलिस क्लबले पहिलो हार व्यहोरोको छ ।

यसअघि लगातार दुई खेल जितेको पुलिस तेस्रो खेलमा न्यू डायमण्डसंग पराजित भएको हो ।

पोखरा रंगशालाको भलिबल कोर्टमा बिहीबार भएको खेलमा पुलिस डायमण्डसंग ३-१ को सेटमा पराजित भयो । पुलिसले यसअघि दुई विभागीय क्लब एपीएफ र त्रिभुवन आर्मीलाई पराजित गरेको थियो । न्यू डायमण्डले भने लगातार दोस्रो जित हात पारेको हो ।

पहिलो सेट न्यू डायमण्डले २७-२५ ले जित्यो भने दोस्रो सेट पुलिसले ३१-२९ ले जित्यो । त्यसपछिका दुई सेट न्यू डायमण्डले २७-२५ र २५-१६ को सेटमा जियो ।

पहिलो खेलमा आर्मीलाई पराजित गरेको न्यू डायमन्डले २ खेलबाट ५ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा छ । हारपछि पनि ३ खेलबाट ६ अंक रहेको पुलिस फाइनल पुगिसकेको छ । ४ टिम सम्मिलित प्रतियोगितामा राउण्ड रोविन लिगको खेलपछि शीर्ष दुई टिम फाइनल पुग्नेछन् ।

२ खेलबाट एपीएफको २ अंक छ । यस्तै ३ खेल खेलिसकेको आर्मी २ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

अब एपीएफ र न्यू डायमण्डबीच हुने लिगको अन्तिम खेलबाट फाइनल पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । बिहीबारै भएको पहिलो खेलमा एपीएफले त्रिभुवन आर्मीलाई प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटमा पराजित गरेको थियो ।

विभागीय भिडन्तमा पहिलो सेट आर्मीले २५-१८ ले जित्दै अग्रता बनाएको थियो दोस्रो सेट एपिएफले ट्राइबेकमा २७-२५ ले जित्दै खेल बराबरी गर्‍यो । तेस्रो सेट एपीएफले सहजै २५-१७ ले जित्दै २-१ को अग्रता बनायो ।

चौथो सेटमा आर्मीले पुनरागमन गर्दै २५-२० ले आफ्नो पक्षमा पार्दा खेल निर्णायक सेटसम्म पुगेको थियो । पाँचौं तथा अन्तिम सेट १५-७ ले जित्दै एपीएफले जित हात पारेको हो ।

टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगितामा महिला र पुरुषमा समान ४ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, दोस्रोले ७५ हजार तथा तेस्रोले नगद ३५ हजार प्राप्त गर्ने छ । चौथोले १५ हजार रुपैयाँ पाउनेछ ।

यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले ५–५ हजार नगद प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment