+
+
Shares

काठमाडौंका तीन सम्पदा संरक्षणका लागि भारतसँग १४२ करोडको सहयोग सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २९ गते १९:३७

काठमाडौं । नेपाल र भारत बीच काठमाडौं उपत्यकाका ३ सम्पदाको संरक्षण एवं सम्बद्र्धनका लागि १४२ करोड रुपैयाँ सहयोग लिनेदिने विषयमा सम्झौता भएको छ ।

भूकम्पपछिको सांस्कृतिक सम्पदा संरक्षण तथा पुनस्र्थापनाका लागि भारत सरकारले दिने भनेको अनुदान सहयोग अन्तर्गत्कै सेतो मत्स्येन्द्रनाथ मन्दिरको संरक्षण एवं सवलीकरण, बुढानीलकण्ठमा धर्मशाला निर्माण एवं कुमारी छेँ र कुमारी निवासको संरक्षणका लागि बिहीबार एक कार्यक्रमकाबीच काठमाडौंमा दुईपक्षबीच सम्झौता भएको हो ।

परियोजनाको लागि नेपालको तर्फबाट पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का अधिकारीहरू एवं भारतको तर्फबाट भारतीय राजदूतावासको विकास साझेदारी एवम् पुनर्निर्माण विभागका प्रमुख परियोजना परामर्शदाता ‘इन्टेक’का अधिकारीहरूले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

भूकम्पपछिको सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारत सरकारले नेपालका आठ जिल्लामा २८ वटा आयोजनाको लागि ५० मिलियन अमेरिकी डलर अनुदान दिने घोषणा गरेकोमा सोही अन्तर्गत्को यो ३ परियोजनाको लागि सोमबार सम्झौता भएको हो ।

उक्त रकम सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र सबलीकरण, बुढानीलकण्ठमा धर्मशालाको निर्माण तथा कुमारी छेँ र कुमारी निवासको संरक्षण एवं संवद्र्धनमा खर्च गरिनेछ । सम्झौतामा ललितपुर महानगरपालिकाका मेयर, बुढानीलकण्ठ मन्दिरका मठाधीश, काठमाडौं महानगरपालिकाका वडा नम्बर न. २५ का वडाध्यक्ष एवं परियोजना क्षेत्रका उपभोक्ता समितिका प्रतिनिधिहरू पनि सम्झौता हस्ताक्षर समारोहमा उपस्थिति जनाएका थिए ।

काठमाडौंको सेतो मत्स्येन्द्रनाथ मन्दिर संरक्षण एवं संवद्र्धनको लागि करिब ६२ करोड ६० लाख, रत्नाकर महाविहारभित्र अवस्थित कुमारी छेँ पाटनकी जीवित देवीको ऐतिहासिक घरका लागि ४५ करोड ६० लाख र बुढानीलकण्ठमा धर्मशाला निर्माणको लागि करिब ३३ करोड ४० लाख रुपैयाँ सहयोगको लागि हस्ताक्षर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?