+
+
Shares

सिद्धार्थ र रश्मिकाले सुरु गरे ‘मिसन मज्नु’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ३० गते ९:२५

साउथ चलचित्रमा सफलता पाएपछि नायिका रश्मिका मन्दन्ना बलिउडका डेब्यू गर्दैछिन् । उनले चलचित्र ‘मिसन मज्नु’बाट बलिउडमा डेब्यू गर्न लागेकी हुन् ।

यो चलचित्रको छायांकन लखनउबाट सुरु गरिएको छ । यो चलचित्रमा रश्मिकाको साथमा बलिउड नायक सिद्धार्थ मल्होत्राले काम गरिरहेका छन् । सिद्धार्थले सामाजिक संजालमा तस्वीर शेयर गर्दै छायांकन सुरु भएको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्–‘स्पेशल मानिससँग स्पेशल टिम ।’ चलचित्र ‘डियर कमरेड’ युटुबमा सार्वजनिक भएपछि रश्मिकाको चर्चा विश्व बजारमा भएको थियो । यसपछि, उनलाई लिएर बलिउड चलचित्र बनाउन बलिउड निर्माता कस्सिएका हुन् ।

रश्मिकाले बलिउड चलचित्रमा डेब्यू गर्न पाउँदा उत्साहित भएको भन्दै दर्शकले दिएको अपार मायाले खुशी भएको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?