Comments Add Comment

पैसाको विवादमा भिनाजुको हत्या

३० माघ, जनकपुरधाम । दुई साताअघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा मृत फेला परेका एक डिष्टिलरीका सञ्चालकको हत्या भएको खुलेको छ । ।

क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ स्थित क्षिरेश्वर डिष्टिलरीका सञ्चालक उदयपुरको त्रियुगा नगरपालिका ७ निवासी प्रमोद रेग्मी गत माघ १३ गते मृत फेला परेका थिए ।

आफ्नै कोठामा मृत फेला परेका ५४ बर्षीय रेग्मीको उनकै सालो निरज खातीले हत्या गरेको खुलेको प्रहरीको भनाइ छ । सेयर लगानीसम्बन्धी विवाद हुँदा खातीले रेग्मीको हत्या गरेको खुलेको प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

३५ बर्षीय खातीले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गराईं बाँसको लठ्ठीले टाउकोमा प्रहार गर्दा रेग्मीको ज्यान गएको मिश्रले बताए । हत्या आरोपमा पक्राउ परेका खातीलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment