+
+

रौतहटमा चक्कु प्रहारबाट २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ३० गते १८:२९

३० माघ, रौतहट । रौतहटको गौरमा चक्कु प्रहारबाट दुई युवक घाइते भएका छन् ।

बिहीबार राति गौर नगरपालिका-७ सिसवा टोलमा चक्कु प्रहार हुँदा गौर-१ का सुरेश दास र अनिल दास घाइते भएका हुन् । महिलाको विषयमा विवाद हुदा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।

श्रीमान वैदेशिक रोजगारीमा रहेका ती महिलाले छिमेकी पुरुषले दुख दिएको भनी आफन्तलाई फोन गरेकी थिइन् ।

गएराति स्थानीय राम सोगारथ पासवान ती महिलाको घरमा प्रवेश गर्न खोज्दा महिलाले फोन गरी आफन्तहरु बोलाएपछि पासवानका छोरासहितका आफन्तले महिलाका दुई भाईलाइ चक्कु प्रहार गरेका हुन् ।

राम सोगारथका छोरा राजु पासवान, आफन्त बालदेव पासवान, विसु पासवान, राजन पासवान र विकास पासवानले चक्कु प्रहार गरेको महिलाले बताइन् । गम्भीर घाइते दुवै युवकको गौर अस्पतालमा उपचार भइरहेको छ ।

चक्कु प्रहार गर्नेहरु फरार रहेको र उनीहरुको खोजतलास जारी रहेको रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिबिक्रम शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?