Comments Add Comment

दयारामको प्रश्न – विदेशी फिल्मबाट शुल्क उठाएर बोर्डले कसरी नेपाली फिल्मको प्रवर्धन गर्छ ?

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले सरकारले चलचित्र विकास बोर्ड संचालनका लागि बनाएको शैलीमा असन्तुष्टि व्यक्त गरेका छन् ।

शनिबार नेपाल चलचित्र प्राविधिक संघले आयोजना गरेको ‘१०औं नेफ्टा फिल्म अवार्ड’को उत्कृष्ट ५ मनोनयन सार्वजनिक कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष दाहालले सरकारको बोर्ड संचालनको शैलीका कारण अप्ठ्यारो रहेको बताए ।

उनले भने, ‘नेपाल सरकारले विदेशी चलचित्रबाट शुल्क उठाएर नेपाली चलचित्रको प्रवर्धन गर्न चलचित्र विकास बोर्डको स्थापना गरेको छ । यो त विरोधाभाष कुरा भयो । यसैले, सरकारले बोर्ड संचालनको नयाँ कार्य योजना नबनाएसम्म नेपाली चलचित्रको विकास र प्रवर्धनमा बोर्डले केही पनि गर्न सक्दैन ।’

दाहालले विगत ११ महिनादेखि कुनै पनि विदेशी चलचित्र रिलिज नहुँदा आफूहरुलाई समस्या परेको समेत सुनाए । उनले भने, ‘११ महिना भयो हलमा विदेशी चलचित्र रिलिज नभएको । अहिले त बोर्ड संचालन गर्न नै धौ धौ परेको अवस्था छ । यो सुन्दा पनि कस्तो कस्तो लाग्छ । नेपाली चलचित्रको प्रवर्धन गर्ने भनेको छ अनी बोर्ड चलाउन विदेशी चलचित्रबाट विकास शुल्क उठाएको छ ।’

उनले चलचित्रकर्मीहरुका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्थाका लागि बोर्डले निरन्तर पहल गरिरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment