 
																			२ फागुन, सुर्खेत । कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले राजीनामा दिएका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमामार्फत आफूले राजीनामा दिएको बताएका छन् ।
अनलाइनखबरसँगको कुराकानीमा उनले कार्यव्यस्तताका कारण मुख्य न्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको बताए ।
‘मैले २ वर्ष १० महिना कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको पदमा रहेर जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेँ,’ मानन्धरले अनलाइनखबरलाई भने, ‘अब मेरो निजी कार्यव्यस्तताका कारण आफूले सम्हाल्दै आएको जिम्मेवारीमा रहिरहन नसक्ने भएकाले आजका मितिमा उक्त पदबाट राजीनामा दिएको छु ।’
उनले आफूलाई मुख्या न्यायाधिवक्ताको जिम्मेवारी दिएकामा कर्णाली सरकारप्रति आभार व्यक्त गरेका छन् ।
उच्च अदालतका न्यायाधीश सरह मर्यादा र सुविधा पाउने मुख्य न्यायाधिवक्ताले प्रदेश सरकारको कानूनी सल्लाहकारका रुपमा रहेर काम गर्छन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिशमा तत्कालिन प्रदेश प्रमुख दुर्गाकेशर खनालले मानन्धरलाई २०७४ साल चैत्र २८ गते मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4