
३ फागुन, काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) को नयाँ नेतृत्वको लागि बासु नेपाल समूहको प्यानलले उम्मेद्वारी घोषणा गरेको छ । आगामी ६ फागुनमा हुने फेकनको निर्वाचनका लागि नेपाल समूहले सोमबार उम्मेद्वारी घोषणा गरेको हो ।
नेपाल समूहबाट उपाध्यक्षमा प्रज्वल बस्नेत र हेमन्तराज दुलालले उम्मेद्वारी घोषणा गरेका छन् । यस समूहको महासचिवमा विपिन र सचिवहरुमा पृथ्वीबहादुर चन्द र अमित खड्काले उम्मेद्वारी घोषणा गरेका छन् ।
यसैगरी कोषध्यक्षमा अनिल शर्मा पौड्याल र सदस्यहरुमा राजकुमार शर्मा, दिनेश न्यौपाने, दिपा लामिाछाने र सुदेश पोखरेलले उम्मेद्वारी घोषणा गरेका छन् । सोमबार आयोजित उम्मेद्वारी घोषणा सभामा यस समूहको कार्ययोजना समेत सार्वजनिक गरिएको छ ।
‘२२ महिना २४ काम, अबको नेतृत्व बासुको काम’ नारा दिइएको पत्रमा १६ बुँदे कार्ययोजना उल्लख गरिएको छ । अध्यक्षका उम्मेद्वार नेपालले अहिलेको कार्यसमितिले विद्यमान समस्याहरु समाधान गर्न नसकेको बताए । कोभिड–१९ बाट ठूलो समस्या सिर्जना भए पनि यसको समाधान हुन नसकेको भन्दै अवको नेतृत्वले रफ्तारमा काम गर्ने बताए ।
आफ्नो प्यानलले जिते फेकनको संस्थागत संरचनालाई संघीय संरचनामा लैजाने यो समूहको योजना छ । चितवन, धरान, इटहरी, बुटवल, पोखरा, नेपालगञ्ज लागयतका सहरहरुमा संथागत संरचना विस्तार गरिने कार्ययोजनामा उल्लेख छ ।
सरकारसँग समन्वय गरी परामर्श क्षेत्रको व्यवसायिक वातावरण सुरक्षित गर्ने कुरामा खरो रुपमा उत्रने यो समूहले बताएको छ । अर्को प्यानलबाट भने भुपाल तामाङको नेतृत्वमा चुनावी मैदानमा उत्रने बताइएको छ ।
प्रतिक्रिया 4