+
+
Shares

‘भ्यालेन्टाइन डे’ मा डार्बिन ब्वाइजको रोमान्टिक सरप्राइज

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ४ गते ९:१०

डार्बिन। अष्ट्रेलियामा डार्बिनमा रहेका नेपाली जोडीहरुले प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ सामूहिकरुपमा मनाएका छन्। डार्बिन ब्वाइजहरु गुलाबी सर्टमा र उनका जीवनसंगिनीहरु रातो पहिरनमा र रातो कार्पेटमा उभिएर रातो गुलावको प्रतिक्षा गरिरहेका थिए। रातो गुलाब आ-आफ्ना जीवनसंगिनीको हातमा थमाइदिदाको दृश्य रोमान्टिक र प्रेममय थियो।

डार्बिनको एज होटेलमा अबस्थित डिबारमा डार्बिन ब्वाइजका २१ जोडीले सामूहिक डिनर पनि गरे। जोडी नृत्यले माहोल निकै तातेको थियो । अरुण फुयालको जोड़ीले मैसाबले घाइते दिलमा, दीपेन्द्र घिमिरेको जोडीले फुलबुट्टे सारी बोलको गीतमा उत्कृष्ट प्रस्तुत राखेका थिए।

डार्बिन निवासी कृष्ण रानाभाटले प्रेम दिवसलाई भिन्नरुपमा मनाएको बताए। ‘भ्यालेन्टाइन डे’ लाई हामीले सामूहिक रुपमा मनायौं।बर्षको एकदिन मात्रै होईन। सदैव प्रेममा रहिरहन हामी सबैलाई प्रेरेणा मिलेको छ।’ उनले भने।

ब्बाईजहरुको र्रयान्डम डान्सले पनि माहोल झनै रमाईलो बन्यो। महेश ढकाल , बिपिन लामिछाने, धनु सुनार र श्री ढुंगानाको प्रस्तुतिले पनि सवैको ध्यान केन्द्रित गरेको थियो।अन्त्यमा रातो गुलाब र आकर्षक उपाहारहरु जीवनसंगिनीको हातमा थमाउदै सधैँ प्रेम साट्ने वचनवद्वतासँगै भ्यालेन्टाईन डे बिशेष कार्यक्रम सम्पन्न भएको थियो।

यसैबीच बिपी भण्डारीको निर्देशनमा बनेको प्रेम गीत ‘साँझ बिहानको’ पनि उक्त अवसरमा प्रिमियर गरिएको थियो। उक्त म्युजिक भिडीओमा डार्बिन ब्बाईजका शुशिल श्रेष्ठ मुख्य प्रस्तुतकर्ता रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?