Comments Add Comment

मध्यदेशीय साहित्य संघको गठन

४ फागुन, सप्तरी । मध्यदेशीय भाषा, संस्कृति र साहित्यको संरक्षण एवं संवर्द्धन गर्ने उद्देश्य लिएर सप्तरीमा मध्यदेशीय साहित्य संघको गठन भएको छ ।

राजविराजमा मंगलबार आयोजित लेखक एवं साहित्यकारहरुको एक भेलाले ७ सदस्यीय संघको गठन गरेको हो । संघको अध्यक्षमा लेखक उपेन्द्र झालाई चयन गरिएको छ ।

उपाध्यक्षमा संतोष कुमार चौधरी, महासचिवमा अजय कुमार झा, सचिवमा ध्रुबकुमार मण्डललाई राखिएको छ भने श्याम सुन्दर यादव, विद्यासागर साह र माला कुमारी कर्णलाई सदस्यमा चयन गरिएको छ ।

मध्यदेशीय भाषा, संस्कृति र साहित्यको अध्ययन, अनुसंधान, संग्रह, एवं प्रकाशन गर्ने, मध्यदेशीय भाषा एवं संस्कृतिका लेखकहरुलाई संगठित गर्दै उनीहरुको हकहितको संरक्षण गर्ने र साहित्य एवं सांस्कृतिक गतिविधिको आयोजना गर्ने संघका महासचिव झाले बताए ।

हिमालय पर्वत तथा गंगा नदीको बिचको भूभाग प्राचिन मध्यदेश अनेकौं भाषा र संस्कृतिको जननी भएको भन्दै झाले भने, “मध्यदेशीय भाषा, संस्कृति र साहित्यको संरक्षण एवं संवर्द्धन समयको माग हो । यसै सोचबाट उत्प्रेरित भएर हामी मध्यदेशीय साहित्य संघको नाम र रुपले संगठित भएका छौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment