+
+
Shares

बैतडीमा आयोजित सभामा ओली समूहले ढुँगामुढा गरेको कांग्रेसको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ४ गते १९:२८
फाइल तस्वीर

४ फागुन, काठमाडौं । बैतडीको डिलासैनीमा आयोजित सभामा नेकपा ओली समूहका कार्यकर्ताले ढुँगामुढा गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ । ओली समूहका कार्यकर्ताको ढुँगामुढाबाट आफ्ना केही नेता तथा कार्यकर्ता घाइते भएको कांग्रेसले जनाएको छ ।

केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेविसंघका पूर्व सभापति नैनसिंह महरलगायतका नेता सहभागी कार्यक्रममा नियोजित रुपमा ढुंगामुढा प्रहार भएको कांग्रेसको आरोप छ । उक्त ढुंगामुढाबाट केही सवारी साधनमा समेत क्षति पुगेको भन्दै भन्दै कांग्रेसले घटनामा संलग्न दोषीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग समेत गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र व्यवहारले भूमिका खेलेको हाम्रो ठहर छ । यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिंदै नेपाली कांग्रेस डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गर्दछ ।’

दुवै पक्षबीचको असमझदारीका कारण विवाद भएको देखिए पनि अहिले त्यहाँको अवस्था सामान्य भइसकेको बैतडीका डीएसपी नारायण प्रसाद अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘अहिले भर्खरै म घटनास्थल पुगेर फर्कँदै छु । त्यहाँको अवस्था अहिले शान्त छ । दुवै पक्षबीचको असमझदारीका कारण विवाद भएको देखिन्छ । घटनाबारे थप बुझ्ने काम भइरहेकोले कसैलाई पनि नियन्त्रणमा लिने काम भएको छैन । ‘

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?