Comments Add Comment

सुनको भाउ आठ महिनायताकै सस्तो

५ फागुन, काठमाडौं । सुनको भाउ पछिल्लो आठ महिनायताकै सस्तो भएको छ । एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले भाउ घटेपछि सुनको भाउले ९० हजारभन्दा तल्लो अंक छोएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुनको भाउ हालसम्मकै उच्च प्रतितोलामा १ लाख ३ हजार ५ सयसम्म पुगेको थियो ।

असार ५ गतेपछि पहिलो पटक छापावाल सुनको भाउ प्रतितोला ८९ हजार ८ सय कायम भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

असार ५ गते ८९ हजार ९ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजार र कारोबार नहुनु नै सुनको मूल्य घट्ने मुख्य कारण भएको महासचिव बज्राचार्यले बताए ।

महासंघले बुधबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । हिजो छापावाल सुन ९० हजार ९ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन १ हजार ५० रुपैयाँ घटेर ८९ हजार ३ सय ५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

मंगलबार तेजाबी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबारको भाउभन्दा २० रुपैयाँ सस्तो भएर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा चाँदीको कारोबार मूल्य तोकिएको छ ।

बजारमा सुन ‘हाहाकार’

कोरोना कहरका कारण सरकारले सुन आयातको कोटा घटाउँदा बजारमा कच्चा सुनको चरम अभाव भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

दैनिक १५ किलोको दरले दैनिक आयात हुने सुन १० किलोमा झार्दा अफ सिजनमा पनि सुनको अभाव व्यवसायीले झेलेको महासंघका महासचिव बज्राचार्य बताउँछन् ।

सामान्य अवस्थामा बजारमा दैनिक ४० किलोको दरले सुनको कारोबार हुने गरेकोमा अहिले कारोबार गिरावट आए पनि सुनको अभाव कायम रहेको उनले बताए ।

देशैभरका व्यवसायीहरुबाट सुन अभावको गुनासो आएपछि सरकारलाई कोटा बढाउन महासंघले आग्रह गरेको महासचिव बज्राचार्यले बताए ।

कोरोनाका कारण अर्थतन्त्रमा असर पर्न सक्ने भन्दै गत चैत १६ गतेदेखि सुनको आयात कोटा प्रतिदिन १० किलोमा झारेको थियो । महासंघका अनुसार एक वर्षमा नेपालमा ५० अर्ब रुपैयाँ बराबरको सुन चाँदीको कारोबार हुन्छ ।

देशभर २२ हजार व्यवसायी यो क्षेत्रमा संलग्न रहेको र १२ अर्बभन्दा धेरै कर राज्यलाई बुझाउने गरेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment