Comments Add Comment

प्रदेश २ सरकारद्वारा दलित विकास समितिमा पदाधिकारी नियुक्त

६ फागुन, जनकपुरधाम । प्रदेश २ सरकारले दलित विकास समितिका पदाधिकारी नियुक्त गरेको छ ।

बिहीबार बिहान बसेको प्रदेश मन्त्री परिषद्को बैठकले दलित विकास समितिको उपाध्यक्षमा सर्लाहीका रामप्रवेश बैठालाई नियुक्त गरेको छ ।

सदस्यहरुमा सिराहाकी सेवकी देवी दास, सप्तरीका श्यामसुन्दर सरदार, रौतहटका राजकुमार दास तत्मा र सिराहाकी सुनिता मरिक डोमलाई नियुक्त गरिएको सामाजिक विकास मन्त्री नवलकिशोर साहले जानकारी दिए ।

समितिको अध्यक्ष भने सामाजिक विकास मन्त्री रहनेछन् ।

नियुक्त भएकाहरुले दलित सशक्तिकरण ऐनलाई कार्यान्वयन गर्दै दलितमाथि हुने भेदभाव, हिंसाविरुद्व काम गर्ने मन्त्री साहले बताए ।

दलित सशक्तिकरण ऐन एक वर्षअघि नै प्रमाणीकरण भइसके पनि कार्यान्वयन गर्न सरकारले तदारुकता नदेखाएको भन्दै दलित समुदायले गुनासो गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment