Comments Add Comment

इरान सम्झौता बचाउन ‘सकारात्मक संकेत’ चाहिन्छ : मर्केल

६ फागुन, काठमाडौं । जर्मन चान्सलर एन्जेला मर्केलले सन् २०१५ मा भएको न्युक्लियर सम्झौतामा फर्किन इरानले विश्वास दिलाउनु पर्ने बताएकी छन् । इरानका राष्ट्रपति हसन रौहानीसँगको फोनवार्तामा उनले यस्तो विचार राखेकी हुन् ।

इरानले अमेरिकालाई न्युक्लियर सम्झौतामा फर्किन आगामी सातासम्मको म्याद दिएको छ । अन्यथा इरानले सन् २०१५ मा भएको सम्झौता पालना नगर्ने चेतावनी पनि दिएको छ । मर्केलका प्रवक्ताले रौहानीसँगको वार्तामा मर्केलले इरान न्युक्लियर सम्झौता पालना गर्ने मामिलाबाट पछि हट्दै आएकोमा चिन्ता व्यक्त गरेकी थिइन् । प्रवक्ताका अनुसार मर्केलले रौहानीलाई अहिलेको समय सकारातमक संकेत विकास गर्नुपर्ने समय रहेको बताएकी थिइन् । यसले विश्वास बढ्ने र कूटनीतिक समाधानको सम्भावना पनि बढ्ने मर्केलको भनाइ छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले इरान सम्झौतामा फर्किने इच्छा देखाएको छ । तर, उसले इरान सम्झौतामा फर्किनको लागि सबैभन्दा पहिला इरानले सम्झौता पालना गर्न सुरु गर्नुपर्ने अडान राख्दै आएको छ ।

मर्केलसँगको वार्तामा रौहानीले सन् २०१५ को वार्तामा अब अन्य कुनै पनि विषय थप गर्न नमिल्ने बताएका थिए । रौहानीले अब यो सम्झौता अघि बढाउने एकमात्र मार्ग अमेरिकाले इरानमाथि लगाएको ‘अमानवीय र अवैध’ प्रतिबन्ध हटाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment