Comments Add Comment

निजी क्षेत्रलाई पनि कोरोना खोप ल्याउन दिने तयारी

६ फागुन, काठमाडौं । सरकारले कोरोना खोप निजी कम्पनीलाई पनि ल्याउन दिने तयारी गरेको छ । यसका लागि मन्त्रिपरिषद्ले निश्चित मापदण्ड राखेर निर्णय गर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भने, ‘निजी कम्पनीले ल्याएको खोप सरकारले भने किन्दैन । निजी प्रयोजनमा नै दिन सकिन्छ ।’

सरकारले ल्याएको खोप भने निःशुल्क नै हुने उनले बताए । मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार २० लाख डोज कोरोना खोप दुई साताभित्रै आइपुग्छ । सरकारले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोरोना खोप ‘कोभिसिल्ड’ प्रतिडोज चार डलरका दरले खरिद गर्ने गरी निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment