+
+
Shares

वीपी प्रतिष्ठानको उपकुलपति तथा शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ६ गते १८:४४

६ फागुन, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले उपकुलपति तथा शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

चिकित्सा तथा दन्त–चिकित्सा शिक्षक कल्याण समाजले उपकुलपति डा. ज्ञानेन्द्र गिरी र शिक्षाध्यक्ष प्रा.डा. गुरु खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

लामो समयदेखि रोकिएको बढुवा प्रक्रियाको फाइल अगाडि नबढाइएको, कोभिड–१९ उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको भन्दै त्यहाँका चिकित्सकले आन्दोलन गरिरहेका छन् ।

त्यस्तैगरी, प्रतिष्ठानबाट निस्केको फोहोरमैलाको विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार वैज्ञानिक व्यवस्थापन हुनुपर्ने, सहज इन्टरनेटको व्यवस्था हुनुपर्ने, प्रतिष्ठानभित्र विद्युत् चोरी गर्नेलाई कारबाही गर्नुपर्ने, आवास मर्मतका लागि उठाएको रकम आवास मर्मतमै खर्च गर्नुपर्ने, संकाय अनुसार आवास उपलव्ध गराउनुपर्ने लगायतका माग पनि चिकित्सकहरुको छ ।

दुई साताअघि लगातार धर्ना बसेपछि माघ २६ गते समाज र प्रतिष्ठानका पदाधिकारीबीच भएको वार्तामा समाजको मागलाई सम्बोधन गर्ने आश्वासन दिइएको थियो । तर ९ दिन बितिसक्दा पनि माग पूरा नभएपछि तालाबन्दी गरेको चिकित्सा तथा दन्त–चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेलले बताए ।

समाजको मागबारे पदाधिकारी मौन बसेको भन्दै उनले भने ‘हामीले हाम्रा मागहरुबारे यसअघि पटकपटक ज्ञापनपत्र दिएका छौं । तर, मागबारे सुनुवाइ नभएकाले उपकुलपति तथा शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका हौं ।’

अब एक सातामा पनि माग सम्बोधन नभए सम्पूर्ण अतिरिक्त जिम्मेवारीबाट सामूहिक राजीनामा दिने तयारी गरेको पोरखेलले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?