
७ फागुन, काठमाडौं । नेपाल तरुण दलले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)लाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आज बिहान प्रतिष्ठानका रजिष्ट्रार डा. पारस आचार्यलाई दुई हजार पाँच सय थान मास्क, १० थान पीपीई सेट र २८ थान फेस शिल्ड हस्तान्तरण गरेका हुन् ।
कोरोना भाइरस संक्रमणको जोखिमको अवस्थामा अग्रपंक्तिमा खटिएर सेवा गर्दै आएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षालाई मध्यनजर गरी स्वास्थ्य सामग्री उपलब्ध गराएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4