Comments Add Comment

फुटबल टिमको बन्द प्रशिक्षणबाट ७ खेलाडी बाहिर

फाइल तस्वीर

७ फागुन, काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट ७ खेलाडी बाहिरिएका छन् । राष्ट्रिय टिमका अन्तरिम मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ३८ जनाबाट ३१ खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

महर्जनले पोखराको प्रशिक्षणपछि ३८ खेलाडीबाट ७ खेलाडी घटाएर ३१ खेलाडी छनोट गरेका हुन् ।

बन्द प्रशिक्षणबाट बाहिरिनेमा अर्पण कार्की, सेसेहाङ लिम्बु, सरोज दाहाल, देवेन्द्र तामाङ, दिलेन लोक्ताम, विकास तामाङ र सुवास गुरुङ छन् ।

फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत खेलका लागि एन्फाले ५८ खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा बोलाएको थियो । जसबाट खेलाडी घटाउँदै ३१ जनामा ल्याइएको हो ।

किरण चेम्जोङ र अभिषेक रिजाल हाल आई लिग खेल्न भारतमा छन् ।

विश्वकप छनोट अन्तर्गत नेपालले अस्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनसँग खेल्न बाँकी छ ।
नेपालले मार्च ३० का अस्ट्रेलियासँग घरेलु मैदानमा खेल्दैछ । मार्च २५ मा तय भएको चाइनिज ताइपेई विरुद्धको खेल भने स्थगित भएको छ ।

नेपाली टिम :

गोलकिपर : विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार

डिफेन्डर : रजिन धिमाल, बिराज महर्जन, विकास खवास, अनन्त तामाङ, छिरिङ गुरुङ, दिनेश राजवंशी, अजित भण्डारी, सुरज बिक, रोहित चन्द, निशान खड्का,पाल्साङ लामा

मिडफिल्डर : स्सुजल श्रेष्ठ, विशाल राई, सन्तोष तामाङ, सुनिल बल, हेमन्त थापा मगर, एरिक विष्ट, तेज तामाङ,रबि पासवान, त्रिदेभ गुरुङ, संजोक राई, अन्जन बिष्ट,

फरवार्ड : भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, आशिष लामा,जर्ज प्रिन्स कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment