+
+

पाकिस्तानमा नेपाली दूतावासले मनायो प्रजातन्त्र दिवस

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ८ गते ९:५८

८ फागुन, काठमाडौं । पाकिस्तानस्थित नेपाली दूतावासले एक कार्यक्रमको आयोजना गरी ७१औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले प्रजातन्त्र प्राप्तिका लागि बलिदान गर्ने शहीदको चर्चा गर्दै उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गरे ।

देश र विदेशमा रहेका सबै नेपालीले प्रजातन्त्रको मर्मलाई आत्मसात गर्दै समतामूलक समाज निर्माणमा आ-आफ्नो क्षेत्रबाट योगदान गर्न संकल्प गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा स्थानीय नेपाली समुदायको तर्फबाट डा. हरिकृष्ण बाँस्कोटाले शुभकामना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?