+
+
Shares

ट्याक्टरमा करेन्ट लाग्दा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ८ गते १८:२२

८ फागुन, जनकपुरधाम । महोत्तरीमा एउटा ट्याक्टरमा करेन्ट लाग्दा त्यसका चालकको मृत्यु भएको छ ।

औरही नगरपालिका वडा नम्बर ६ मा माटो अनलोड गर्ने क्रममा टेलरले विद्युतको तार छुँदा ट्याक्टरमा करेन्ट प्रवाह भएको हो । करेन्ट लागेर ज १ त ६३१७ नम्बरको ट्याक्टरका चालक स्थानीय २३ वर्षीय मुकेश यादवको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश बिष्टले जानकारी दिए ।

करेन्ट लागेर सिकिस्त भएका यादवलाई उपचारका लागि गौशालातर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको उनले बताए ।

मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?