+
+
Shares

३ दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ९ गते ११:५२

चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको कार्यकक्षमा आयोजना भएको कार्यशालामा ४० बढी पत्रकारहरु सहभागी थिए ।

चलचित्र पत्रकार संद्ध नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा भएको समापन समारोहमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल प्रमुख अतिथी रहेको कार्यक्रम चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा सम्पन्न भएको हो ।

संघले प्रशिक्षार्थी मध्येबाट उत्कृष्ट फोटो खिच्ने एक जनालाई लेन्स पुरस्कार दिने घोषणा गरेको छ । कार्यशालामा हरि न्यौपाने, महेन्द्र बिष्ट, बिजय बस्याल, बिष्णु कल्पित, राजन काफ्ले, दिनेश डीसी, दीपक गुरुङ, दिलिप थापामगर, श्याम श्रेष्ठ र श्रीधर पौडेलले फोटोग्राफी तथा भिडियोग्राफी बारेमा प्रशिक्षण दिएका थिए । संघले आगामी दिनमा लेखन बृद्दि र अन्य बिषयमा कार्यशाला गर्दै जाने संघले घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?