+
+
Shares

प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकका लागि त्रिविले माग्यो आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ९ गते १२:१६

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले खुलातर्फ १४ जना र आन्तरिकतर्फ ६३ जना प्राध्यापकका लागि विज्ञापन खुलाएको छ । यसैगरी खुलातर्फ २० जना र आन्तरिकतर्फ ८० जना सहप्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ । उपप्राध्यापक पदमा भने खुलातर्फमात्रै झण्डै साढे पाँच सय जनाका लागि विज्ञापन खुलाइएको छ ।

आयोगले अंग्रेजी, नेपाली, अर्थशास्त्र, व्यवस्थापन, भौतिकशास्त्र, इन्जिनियरिङ, कानुन, कृषि, स्वास्थ्य, इतिहास, पत्रकारिता लगायतका विषयमा आवेदन माग गरेको हो ।
प्रतिस्पर्धा गर्न चाहनेले चैत १४ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत २१ गतेसम्म दरखास्त दिन सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?