Comments Add Comment

कालो कपाल भएको भन्दै स्कुलमा प्रवेश निषेध, अदालतको आयो यस्तो फैसला

जापानलाई उदाउँदो सूर्यको देश पनि भनिन्छ । संस्कृति देखि लिएर खानपान र अनुशासनको विषयमा जापानीहरु दुनियाँभर चर्चित छन् । मानिसहरु नियम-कानुन कडाइका साथ पालना गर्दछन् । तर एउटा यस्तै नियम त्यहाँको एउटा स्कुलका लागि भने भारी परेको छ ।

जापानको एउटा स्कुलले खैरो कपाल भएको भन्दै एकजना छात्रालाई स्कुलमा निषेध गरेको छ । कपाल कालो नबनाएसम्म स्कुलमा आउन नपाउने भनेर स्कुलले कडा निर्देशन जारी गरेको विषय निकै विवादमा पर्‍यो ।

जापानको ओसाकास्थित हेबिकिनो प्रान्तमा उक्त घटना भएको हो । क्याफुकन प्रान्तीय हाइस्कुलमा पढ्ने एक छात्राको खैरो कपालका कारण स्कुलले आपत्ति जनाएको थियो । वास्तवमा ती छात्राको कपाल प्राकृतिक रुपले नै खैरो थियो । तर स्कुल प्रशासनले भने ती छात्राले आफ्नो कालो कपाललाई कृत्रिम रुपमा रंग दलेर खैरो बनाएको आरोप लगायो जुन स्कुलको नियम थियो ।

त्यसैले स्कुल प्रशासनले ती छात्रालाई पटक-पटक कपाल कालो बनाउन निर्देशन दियो र नमानेमा स्कुल आउन नदिइने चेतावनी दियो ।

अन्ततः विद्यालयले कपालका कारण तनाव दिएपछि ती छात्राले अदालतको ढोका ढकढकाइन् । त्यो घटना २०१५ को थियो जतिबेला उनी १५ वर्षकी थिइन् । स्कुल प्रशासनको प्रताडनाबाट दिक्क भएर उनले सन् २०१७ मा अदालतमा मुद्दा हालिन् ।

तथापि अदालतको फैसला आउनका लागि ४ वर्ष लाग्यो र हालैमात्र अदालतले फैसला सुनायो । अहिले उनी २१ वर्षकी भएकी छिन् । अदालतले यस मुद्दामा फैसला सुनाउँदै ती छात्रालाई क्षतिपूर्तिबापत ३ लाख ३० हजार येन तिर्न स्कुललाई आदेश दिएको छ । स्कुलको मानसिक प्रताडनाका कारण ती छात्राको शिक्षामा असर परेको ठहर अदालतको छ ।

स्मरण रहोस् जापानका स्कुलहरुमा नियमहरु निकै कडा बनाइएका हुन्छन् । जस अनुसार विद्यार्थीहरुलाई आफ्नो कपालमा रंग दल्न तथा ब्लिच गर्न निषेध गरिएको हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment