
९ फागुन, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै जनता समाजवादी पार्टी (जसपा)ले देशव्यापी प्रदर्शन गरेको छ । जसपाले आइतबार सबै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा जनप्रदर्शन तथा विरोधसभा गरेको हो ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समिति र जसपा निकट भातृसंगठनहरूले रत्नपार्कमा संयुक्त प्रदर्शन गरेको थियो । प्रदर्शनकारीहरूले ‘असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम खारेज गर’, ‘प्रतिनिधिसभा पुनस्र्थापना गर’ भन्ने नारा लगाएका थिए ।
जसपाले ५ पुसमा भएको संसद विघटनको निरन्तर विरोध गर्दै आएको छ ।
तस्वीरहरूः विकास श्रेष्ठ/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4