+
+
Shares

वीरगञ्जबाट लागूऔषधसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ९ गते १७:५३

९ फागुन, वीरगञ्ज ।  वीरगञ्जबाट लागूऔषध नाइट्रोभेट ट्याबलेटसहित एकजना पक्राउ परेका छन् । प्रहरीले वीरगञ्ज -३२ चोर्नी बस्ने २३ वर्षीय हरेन्द्र मण्डललाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ अटोमा आउँदै गरेका मण्डलले बोकेको झोला चेकजाँच गर्ने क्रममा शनिबार दिउँसो वीरगञ्ज-१६ रजतजयन्त्री चोकबाट उनी लागूऔषधसहित पक्राउ परेका हुन् ।

उनको बोकेको प्लास्टिकको झोलाभित्र नाइट्राभेट ट्याब्लेट १ हजार ४ सय ४० पिस र सेमफेक्स ट्याब्लेट ९६ पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजित कुँवरले जानकारी दिए ।

मण्डललाई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?