Comments Add Comment

काडिजसँग बराबरीमा रोकियो बार्सिलोना 

काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोना काडिजसंग १-१ को बराबरीमा रोकिएको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले अग्रता लिएपनि अन्तिम समयमा जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो ।

खेलमा दुवै गोल पेनाल्टीबाट भएको थियो । मेसीले ३२औं मिनेमा पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर बार्सा जिततर्फ अग्रसर हुँदा काडिजले अन्तिमतिर पेनाल्टी पायो । ८९औं मिनेटमा एलेक्स फर्नान्डेजले काडिजका लागि बराबरी गोल पर्काए ।

बराबरीपछि बार्सिलोनाले लिग लिडर एट्लेटिको मड्रिड र दोस्रो स्थानको रियल मड्रिडसंग अंक दूरी कम गर्ने अवसर गुमायो ।

२३ खेलबाट ४७ अंकसहित बार्सिलोना तेस्रो स्थानमै यथावत छ । समान खेलबाट ५५ अंकसहित एट्लेटिको शीर्ष स्थानमा छ । २४ खेल खेलेको रियल ५२ अंकसहित दोस्रो स्थानमा छ ।

२४ खेलबाट २५ अंकसहित काडिज २४ खेलबाट २५ अंकसहित १४औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment