
१० फागुन, काठमाडौं । जनयुद्धका हस्ताक्षर नामक पुस्तक बजारमा आएको छ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा भएका विभिन्न ११२ वटा चिठी पत्रहरुलाई सम्पादन गरेर तिलकराज भण्डारीले पुस्तकका रुपमा ल्याएका हुन् ।
‘जनयुद्धको क्रममा आदरणीय कमरेडहरुका निर्देशनमुलक र वैचारिक पत्र व्यवहारलाई संगठित गरेको छु, क्रमश अन्तरजिल्ला, जनमुक्ति सेनामा कार्यरत योद्धाहरुको पत्राचारलाई समेट्ने प्रयास भएको छ,’ सम्पादक भण्डारीले पुस्तकमा उल्लेख गरेका छन् ।
२०५४ सालमा अखिल (क्रान्तिकारी) मा संगठित भएर राजनीतिक यात्रा सुरु गरेका भण्डारी २०५६ सालबाट जनयुद्धमा भूमिगत राजनीतिमा होमिएका थिए ।
२०५८ साल भदौ २८ गतेको प्रथम जिल्ला भेलाबाट सल्यान जिल्ला सदस्य, ०५९ मा जिल्ला समिति उपाध्यक्ष, ०६१ मा जिल्ला अध्यक्ष हुँदै भण्डारी जनयुद्धमा सक्रिय थिए ।
त्यसबेला जनयुद्ध व्यवस्थापनदेखि भिविन्न आक्रमण हुँदा चिठी पत्र आदनप्रदान हुन्थे । ती चिठीपत्रलाई संकलन गरेर राखेका भण्डारीले पुस्तकका रुपमा सम्पादन गरेका हुन् ।
जनयुद्धका ११२ वटा चिठीपत्र समेटिएको पुस्तकको विमोचन जनयुद्धका सुप्रिमो कामण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार एक कार्यक्रमकाबीच विमोचन गर्दैछन् ।
प्रतिक्रिया 4