+
+
Shares

सप्तरीबाट लागूऔषधसहित तीनजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १० गते १८:३१

१० फागुन, सप्तरी । सप्तरीबाट सशस्त्र प्रहरीको टोलीले भारतबाट लागूऔषध ल्याउँदै गरेका तीन जना युवकलाई पक्राउ गरेको छ ।

भारतबाट लागूऔषध बोकेर पैदल आउँदै गरेका उनीहरुलाई तिलाठी कोइलाडी गाउँपलिका वडा नम्बर १ बेल्हीबाट सोमबार दिउँसो पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेमा मोरङको पथरी निवासी २३ वर्षीय निर्मल परियार, २५ वर्षीय करण लिम्बु र सोही उमेरका करण तामङ छन् ।

उनीहरुको साथबाट फेनारगन इन्जेक्सन १० थान, डाइजेपाम इन्जेक्सन ११ थान र लिजेसिक इन्जेक्सन १० थान बरामद भएको उनले बताए । लागूऔषधसहित पक्राउ परेका युवाहरुलाई थप अनुसन्धानका लागि प्रहरी चौकी तिलाठीको जिम्मा लगाइएको बीओपी तिलाठीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?