Comments Add Comment

नगरपालिकाको सहलगानीमा फलेवासका ७ सय मजदुरको रकम नागरिक लगानी कोषमा

१२ फागुन, काठमाडौं । पर्वतको फलेवास नगरपालिकाका असंगठित क्षेत्रका बिपन्न मजदुरको रकम अब नागरिक लगानी कोषमा जम्मा हुने भएको छ । यसका लागि मजदुरले ५ सय रुपैयाँ मासिक योगदान गर्नुपर्नेछ ।

५ सय रुपैयाँ भने फलेवास नगरपालिकाले हालिदिने भएको छ । यसरी नागरिक लगानी कोषमा हरेक मजदुरको नाममा मासिक १ हजार रुपैयाको दरले जम्मा गर्ने गरी नागरिक लगानी कोष र फलेवास नगरपालिका वीच सम्झौता भएको छ ।

सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नगरपालिकाका तर्फबाट नगर प्रमुख पदमपाणी शर्माले हस्ताक्षर गरेका छन । उक्त योजनामा सहभागी करीव ७ सय असंगठित क्षेत्रका बिपन्न मजदुरले ६० बर्ष पुगेपश्चात मासिक रुपमा पेन्सन प्राप्त गर्नेछन् । अथवा सावाँ, ब्याज तथा प्रतिफलसहित एकमुष्ठ रकम समेत लिन सक्ने गरी सहभागिता सुनिश्चित गरिएको छ । यस पेन्सन योजनाको बैकिङ्ग पार्टनरको रुपमा एन.आइ.सि.एसिया बैंक रहेको छ ।

नगरपालिकाको यस कार्यक्रमलाई एन आइ सि एसियाको कुस्मा शाखाबाट सेवा प्रदान गर्ने ब्यवस्था समेत गरिएको छ । पहिलो चरणमा सहभागी भएका प्रत्येक सहभागीलाई सामाजिक उत्तर दायित्व अन्र्तगत कोषको तर्फबाट १/१ सय रुपैयाँ सहभागीको खातामा थप गर्ने कोषका कार्यकारी निर्देशक नेपालले बताए । सो अवसरमा नगरपालिका प्रमुख, उप-प्रमुख लगायत अन्य दलका प्रतिनिधिले नगरपालिकाको कदम, कोषको सहयोग र सहकार्यको प्रसंशा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment