Comments Add Comment

प्रचण्डले पार्टी कब्जा र प्रधानमन्त्री बन्न खोज्दा समस्या : शंकर पोखरेल

१० फागुन, गुल्मी । नेकपा ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले षडयन्त्रबाट पार्टी कब्जा र प्रधानमन्त्री बन्ने खेलमा लाग्दा पार्टीमा समस्या आएको बताएका छन् ।

गुल्मीको तम्घासमा आयोजित ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड चोरबाटोबाट प्रधानमन्त्री र पार्टी कब्जा गर्ने रणनीतिमा लागेको आरोप लगाए ।

उनले गलत बाटोबाट माधव नेपाललाई पार्टीको अध्यक्ष चाहिएकाले पार्टी विभाजन गर्ने खेलमा लागेको बताए । तत्कालिन समयमा नेकपा एमालेलाई न भाले न पोथी बनाउने माधव नेपालको नेतृत्वबाट कुनैपनि हालतमा पार्टी अगाडि बढ्न नसक्ने पोखरेलले बताए ।

प्रधानमन्त्रीविरुद्धमा गरिएको अविश्वासको प्रस्तावको खेलले नै पार्टीमा संकट आएको उनको भनाइ छ । देश निर्वाचनमा गएकाले त्यसको तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment